काठमाडौं , ७ साउन :
सरकारले पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने भएको छ । सुरक्षा थ्रेट’ नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो ।
गृहमन्त्रालयमा आयोजित सञ्चाकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीहरुको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको बताएका हुन् । विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्।
केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ’, राईले भने, ‘केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ । सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुन लागेका छन्।’ निर्मला हत्याकाण्ड छानबिन जारी गृहसचिव राईले कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डको अहिले पनि छानबिन भइरहेको बताएका छन् ।
उनले यो केश निरन्तर छानबिनका क्रममा रहेको स्पष्टीकरण दिए । त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए। राईले सु तस्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए ।
सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको उनले बताए। ट्रकहरूलाई पनि कम्पनीमा ल्याउने काम भइरहेको उनले बताएका छन् ।


