गृहिणी महिलालाई गुडीया तथा कुसन बनाउने तालिम

चितवन, ७ साउन ।
भरतपुर महानगरपालिका वडा नम्वर १२ मा स्थानीय गृहिणी महिलाहरुलाई लक्षित गरी गुडीया तथा कुसन बनाउने तालिम शुरु भएको छ ।
तालिम उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले  गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउने हेतुले गरीएको कार्यक्रम अत्यन्तै प्रभावकारी हुने बताउनुभयो ।
एक हप्ता सम्म सञ्चालन हुने सो तालिम मिसेस चितवन सिजन २ की थर्ड रनर अप प्रतिक्षा पन्तको व्यक्तिगत ब्यवस्थापनमा आयोजना गरिएको हो ।


ग्रिनल्याण्ड पब्लिक स्कुलमा संचालित कार्यक्रमा विशेष अतिथीहरु प्रिन्सीपल इन्दीरा कार्की, मीसेस चितवन सिजन २ की विजेता जमुना श्रेष्ठ, दुर्गा घिमिरे र मीना झाले तालिमले महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा उपेन्द्र आचार्य, मञ्जु खाँड, करीष्मा थापा कृस्माथापा,जीवी सुनार,प्रभा अधिकारी,सृजना अधिकारी र समिर पौडेलको उपस्थिती रहेको थियो । तालिमको प्रशिक्षक समेत रहनुभएका प्रतिक्षा पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट