चितवन १५ माघ ।
सरकारको पछिल्ला कार्यशैलीको विरोधमा नेपाली काँग्रेस चितवनले भरतपुरमा विरोध कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयको सर्कुलर बमोजिम चितवनको पार्टीले भरतपुरमा ¥याली सहित विरोध सभाको आयोजना गर्न लागेको हो । माघ २१ गते सोमवार १२ ः१५ बजे चौविसकोठीबाट ¥याली शुरु भएर पुल्चोकमा पुगी विरोध सभामा परिणत हुने नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
भेलाका लागि मंगलबार पार्टीको जिल्ला, क्षेत्र र नगर समिति, भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रमुखसंग कार्यक्रमको तयारी बारे छलफल गरेको थियो । चितवनमा हुने विरोध कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चितवनको कार्यक्रमलाई भब्य बनाउनका लागि तयारी तिब्र पारिएको सचिव उत्तम जोशीले जानकारी दिनु भयो ।


