दैलेख, ७ साउन :
दैलेखको रामक कर्णालीमा बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठविस नगरपालिका–५ की धिर्जा माझी रहेको प्रहरीले जानकारी दिएको छ । राकम बजारबाट खिड्की ज्युला जाने क्रममा जिरोप्वाइन्ट नजिक मंगलबार बिहान ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो ।
‘सडकबाट करिब ५० मिटरको दूरीमा बस पल्टिएको छ,’ प्रत्यक्षदर्शी प्रेमा रोकायले भनिन्, ‘एक जना बसको तल च्यापिएको देखिन्छ निकाल्न सकिएको छैन।’
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


