चितवन १५ माघ ।
किशोर कुमार शर्मा (मरासेनी) को शब्द संकलन र चर्चित गायिका अञ्जु पन्तले स्वर दिएको “पराई” नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कुसुमदिप नेपाल नामक युवट्यूट च्यानल मार्फत उक्त म्युजिक भिडियो प्रस्तुतिमा ल्याइएको छ । राजेश श्रेष्ठद्वारा संगीत भरिएको उक्त “पराई” नामक गीतलाई आभास रानाले निर्देशन एवं छायाँकन गरेका हुन् ।
रानाले यसअघि दर्जनौ म्युजिक भिडियो, टेलिसिरियल, विभिन्न विज्ञापनहरुको समेत निर्देशन समेत गरिसकेका छन् । यसअघि किशोर कुमार शर्मा (मरासेनी) ले “म हुँ भूमि चितवन”, “पूर्णिमा नि औशी भयो”, “कसरी बिस्र्यौ माया तिमीले” लगायतका दर्जनौ गीतहरुमा शब्द संकलन गरिसकेका छन् । आभास रानाकै निर्देशन र किशोर कुमार शर्मा (मरासेनी) को लेखनमा “चिम्टा” नामक लघु वित्तचित्र बजारमा आउँदैछ ।