चितवन १५ माघ । पूर्वी चितवनको मुडाभारमा ५० वर्षीय महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ ।
गएराति घरमा चोर्न आएको व्यक्तिले खुकुरी प्रहार गरी राप्ती नगरपालिका वडा नं. ६ मुडाभारकी रुपा थापको हत्या गरेको इलाका प्रहरी कार्यालय भण्डाराका असइ रुद्र शर्माले जानकारी दिनु भयो । राति चोर्नको लागि आएका व्यक्तिलाई महिलाले चिने पछि खुकुरी प्रहार गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको असइ शर्भाले बताउनु भयो ।
घटनाको प्रकृति र अनुसन्धानले राति चोर्नको लागि आएपछि घरधनीले पहिचान गर्दा हत्या गरेको देखिन आएको छ शर्माले भन्नु भयो । विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनमा सम्लग्न भएको आशंकमा एकजना पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक महिलाको शरिर भरी खुकुरीले काटेको घाउ रहेको छ । छियाछिया पारेर काटेको अवस्थामा आज विहान ९ बजे फेला परेको प्रहरीले जनाएको छ ।