चीन बारे १५ तथ्य जुन तपाइलाइ थाहा छैन ( के छ हेरौ )

एजेन्सी  । हाम्रो छिमेकी राष्ट्र चीन बारेमा तपाईं कति कुराहरु जान्नुहुन्छ ? सायद धेरै कुराहरु थाहा छन् होला र धेरै कुराहरु छैनन् पनि होला । आज हामी चीनको बारेमा तपाईंलाई सायदै थाहा नभएका यस्ता केही तथ्य राख्दै छौँ

१. चीनमा कुनै नयाँ बिजनेस सुरु गर्न केबल ३८ दिनको समय लाग्छ ।

२. चीनमा मृत्युदण्डको सजाय पाउनेको संख्या विश्वको भन्दा चार गुणा बढी छ ।

३. देशमा ४३ प्रतिशत मानिसहरु शहरमा बस्ने गर्छन् ।

४. चीनको १ सन्तानको नियमलाई ७५ प्रतिशत भन्दा बढी मानिसले समर्थन गर्छन् ।

५. एक रिपोर्टका अनुसार अमेरिकामा सिज गरिएका ७७ प्रतिशत सामानको चीन स्रोत हो ।

६. अमेरिकाको कुल जनसंख्या भन्दा धेरै चीनमा मोबाइल रहेको छ ।

७. चीनमा हरेक साल ४५ बिलियन चपस्टिक प्रयोग गरिन्छ र त्यसका लागि २ करोड रुखहरु काटिन्छ ।

८. फेसबुक, ट्वीटर र द न्यू योर्क टाइम्स चीनमा २००९ सालदेखि नै ब्लक छ । तर पनि त्यहाँ यसका करिब ९ करोड प्रयोगकर्ता छन् ।

९. चीनमा करिब ४ करोड मानिसहरु आज पनि गुफामा बस्ने गर्छन् ।

१०. त्यहाँका ७० करोड मानिसहरु दूषित मानिको साहारामा जीवन जीउने गर्छन् ।

 

११. २०२० सम्म चीनमा विवाहका लागि करिब ४ करोड पुरुषले युवती पाउने छैनन् ।

१२. इन्टरनेटका कारण एडिक्ट हुनेका लागि चीनमा उपचार कक्षको व्यवस्था छ ।

१३. हरेक वर्ष स्वादिष्ट भोजनका रुपमा चीनमा ४० लाख बिरालो खाने गरिन्छ ।

१४. विश्वको कुल सुँगुरको संख्याको आधा संख्या चीनमा रहेको छ ।

१५. विश्वको पहिलो पेपर मनी १४०० वर्ष पहिले नै चीनमा अस्तित्वमा थियो ।

शेयर गरौ

ताजा अपडेट