कैलालीमा छोराले गरे बुबाको हत्या, आमा गम्भिर घाइते

धनगढी ६ साउन । धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले बाबुको हत्या गरेका छन् भने आमा गम्भिर घाइते भएकी छिन् ।
आइतबार राति करिब साढे एघार बजेतिर घोडाघोडी नगरपालिका ११, सिसैयाका ५५ वर्षीय उदय रावतले आफ्नै बुबाआमालाई धारिलो हतियार प्रहार गरेका हुन् । धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उदयले घरायसी विवाद हुँदा आफ्ना बुबा (काल्चे) लाई हसिँया प्रहार गरी आक्रमण गरेको र काल्चेलाई जोगाउन भनि छुट्याउन गएकी आमा नन्दे रावतलाई पनि उदयले हसिँया प्रहार गरेको खुल्न आएको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताउनु भयो । उदयको आक्रमणबाट नन्दे गम्भीर घाइते भई थप उपचारका लागि कोहलपुर लगिएको प्रबक्ता बस्नेतले जानकारी दिनु भयो ।
प्रबक्ता बस्नेतले आक्रमणबाट काल्चेको घटनास्थलममै मृत्यु भएको र बुबाआमालाई हसिँया प्रहार गरी फरार भएका उदयलाई आइतबार राति नै पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको बताए । मृतक काल्चेको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट