राजश्व कार्यालय भरतपुरको सफलता : अघिल्लो वर्ष भन्दा आठ अर्ब बढी संकलन

चितवन ६ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व संकलन गरेको छ ।
सो कार्यालयले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व संकलन गरेको छ । गत वर्षको रु ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व संकलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा रु २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार संकलन भएको छ ।
त्यसैगरी आयकर रु दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ रु १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ रु पाँच करोड ९३ लाख ४९ हजार राजश्व सङ्कलन भएको छ । यस्तै स्वास्थ्य सेवा करतर्फ रु तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु एक करोड २७ लाख ११ हजार राजश्व संलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उहाले जानकारी दिनु भयो ।
उहाका अनुसार विभागले कार्यालयलाई रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजश्व संकलनको लक्ष्य तोकेको थियो । उहाका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँरगाउँमा पु¥याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटकरपटक ताकेता गर्ने लगायतका काम गरिएको थियो ।
कार्यालयका प्रमुख सुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणीज्य संघ, उद्योग संघ, कर्मचारीलगायतको सामूहिक प्रयासका कारण लक्ष्य अनुसार कर संकलन गर्न सकिएको बताउनुभ यो । मन्त्रालय र विभागबाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीमा थपिएको ऊर्जाले लक्ष्यमा पुग्न सकिएको उहाको भनाइ थियो । कार्यालयमा हाल आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि कर तर्फ आठ हजार ४५९, अन्तशुल्क तर्फ रु पाँच हजार १०३ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४३ हजार ४८३ करदाता रहेका छन् ।रासस

शेयर गरौ

ताजा अपडेट