नेकपा चितवनमा इन्चार्जको टुंगो लाग्यो : जिल्लामा खनाल, महानगरमा दाहाल

चितवन ५ साउन । नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले चितवन जिल्लाको इन्चार्जमा कृष्णप्रसाद खनाल र महानगरको इन्चार्जमा रेनु दाहाललाई जिम्मेबारी दिएको छ ।
खनाल यस अघि साविक नेकपा एमालेमा पनि जिल्ला इन्चार्ज रहनु भएको थियो भने उहाँ अहिले प्रदेश सांसद हुनुहुन्छ । महानगर कमिटीको इन्चार्जमा भरतपुर महानगरपालिकाको प्रमुख समेत रहनु भएकी दाहाललाई तोकेको छ ।
जिल्लाको सह इन्चार्जमा इश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे, ज्ञानु वस्नेत सुवेदी रहनु भएको छ । भट्टाई साविक माओवादी केन्द्रको जिल्ला इन्चार्ज रहनु भएको थियो । नेकपाले जिल्ला र माहानगरको इन्चार्जहरु टुंगो लगाएसंगै अब नगरपालिका र गाउपालिकाको इन्चार्जहरुको टुंगो लगाउन बाँकी रहेको छ । जिल्लाको अध्यक्ष र सचिव यस अघिनै तोकिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट