केहि समय रोकिएको वर्षा तीनदिन फेरि सक्रिय हुने

काठमाडौं ५ साउन । असारको अन्तिम हप्ता भारी वर्षापछि रोकिएको मनसुन फेरि सक्रिय हुने भएको छ ।
वर्षाले जनजीवन प्रभावित पार्नुको साथै कयौको मृत्यु भएको थियो भने सयौँको घरबार विनास भएको छ । एक हप्तादेखि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनु भयो ।

काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उहाँ बताउँनु हुन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ ।

यस्तो छ महाशाखाले गरेको ३ दिने मौसमको पूर्वानुमान

साउन ५ गते (आइतवार)

दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ । राति देशको पुर्वी भु भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य र पश्चिमी भु भागमा आंसिकदेखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

साउन ६ गते (सोमबार)

दिउँसो देशको पुर्वी र मध्य भु भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भु भागमा आंसिकदेखि सामान्य वदली रहि पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ । पूर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राति देशको पुर्वी र मध्य भु भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भु भागमा आंसिकदेखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

साउन ७ गते (मंगलबार)

दिउँसो देशको पूर्वी र मध्य पूर्ण बदली साथै पश्चिमी भु भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

राति देशको पूर्वी र मध्य पूर्ण बदली साथै पश्चिमी भु भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

शेयर गरौ

ताजा अपडेट