चितवनको बजारमा टिभीएसको माग बढ्दो : मेकानिक्सलाई प्रविधिबारे तालिम

 चितवन समाचार डटकम, 
४ साउन ।

चितवनको बजारमा टिभीएस कम्पनीका दुइपाग्रें सवारी साधनको माग वृद्धि भएको यसको नारायणगढ स्थित बिक्रेता मालाश्री मोटर्स प्रालिले जनाएको छ ।
मालाश्री मोटर्स प्रालिका प्रोपाइटर भीमसेन श्रेष्ठले चार वर्ष यता कम्पनीका मोटरसाइकल बिक्री वढ्दै गएको जानकारी दिनु भयो ।

पहिला वार्षिक एक हजार भन्दा कम बिक्री हुने गरेकोमा अहिले १२ सय भन्दा धेरै बिक्री भएको श्रेष्ठले बताउनु भयो । टिभीएस कम्पनीले नयाँ मोडलका मोटरसाइकल, स्कुटर बजारमा ल्याएको र त्यसलाई ग्राहकले मनपराएकाले माग बढेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कम्पनीले अहिले टिभीएसका ११० सिसिदेखि ३१० सिसिका मोटरसाइकल, स्कुटर बजारमा ल्याएको छ । यसको बजार मुल्य एकलाख २९ हजारदेखि ७ लाख ८० हजार रुपैंयाँसम्म पर्नेछ ।

टिभीएस कम्पनीको तीन पांग्रे सवारी साधनमा अटोरिक्सा बजारमा पाइन्छ । यसको मुल्य ५ लाख ३५ हजार पर्ने श्रेष्ठले जानकारी दिनु भयो । स्कुटरमा नयाँ स्मार्ट कनेक्सन प्रविधि भित्रिएको छ । यसमा मोवाइलबाटै किलोमिटर हेर्न सकिने, आफू जाने स्थानको रुट जानकारी गराउने जस्ता प्रविधि समावेस भएको छ ।
दुइ पांग्रे सवारी साधनमा टिभीएस कम्पनीका साधनहरु अन्यको तुलनामा मजवुदी भएकाले यसको बजार बढेको प्रोपाइटर श्रेष्ठले जानकारी दिनु भयो । ‘हाम्रो कम्पनीले बजारमा ल्याएका मोटरसाइकल, स्कुटरका पार्टसहरु डुब्लीकेट आउदैन, मजवुदीमा ग्यारेन्टी छ’ उहाले भन्नु भयो ‘पार्टसहरु सर्वसुलभ छैन भन्ने भ्रम हटाउन म अनुरोध गर्दछु अहिले सजिलै पाइन्छ ।’

अटोमेकानिक्सलाई तालिम  :

नयाँ प्रविधिको विषयमा जानकारी गराउने उद्देश्यले चितवनका अटोमेकानिक्सहरुलाई टिभीएस कम्पनीको बिक्रेता मालाश्री मोटर्स प्रालिले तालिम दिएको छ । 
कम्पनीले बजारमा ल्याएका विभिन्न मोडलका सवारी साधनमा प्रयोग हुने पार्टसहरुको विषयमा जानकारी दिनको लागि जिल्लाका मेकानिक्सहरुलाइै एकै स्थानमा भेला पारेर तालिम दिएको हो ।

मालाश्री मोटर्स प्रालिले चितवनको विभिन्न स्थानमा काम गर्दै आएका मेकिानिक्सहरुलाई नयाँ आउने प्रविधि, त्यसको विकास, अपनाउनु पर्ने सावधानी तथा यसको टिकाउको बारेमा प्रशिक्षण दिएको छ ।

यी सवै विषयमा अटोमेकानिक्सलाई जानकारी गराएर मर्मतको लागि सहज बनाउने उद्देश्य रहेको मालाश्री मोटर्स प्रालिले जनाएको छ ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार माधवप्रसाद पाण्डेले बजारमा आइरहने प्रविधिसंग मेकानिक्सहरु जानकारी हुनु जरुरी रहेको बताउनु भयो । ‘पहिले नपढेका व्यक्तिले मर्मत गर्न सक्ने अवस्था थियो भने अहिले इन्टरनेट मार्फत सवारी साधनको समस्या पहिचान गरी सामग्री फिट गर्नेसम्मको दक्षता विकास गर्नु पर्ने हुन्छ उहाले भन्नु भयो । जगदम्बा मोटर्सका सद्भावना दुत समेत रहनु भएका पाण्डेले भन्नु भयो ‘यस्ता तालिमले नयाँ जानकारी र काममा थप उर्जा प्रदान गर्नेछ ।’ 

नेपाल अटोमेकानिक्स ट्रेड युनियन चितवनका सचिव वीरबहादुर चाम्राकारले नजान्नेलाई सिक्ने, जानेकालाई निखारता ल्याउन तालिम फलदायी भएको बताउनु भयो । उहाँका अनुसार चितवन जिल्लामा ४ हजार अटोमेकानिक्सहरु कार्यरत रहेका छन् भने ट्रेडयुनिनमा ७ सय भन्दा धेरै अवद्ध रहेका छन् । 
तालिममा सहभागी भएका मेकानिक्सहरुलाई पार्टसहरुको विषयमा जानकारी, दुर्घटना विमा, कम्पनीको अफरहरुको बारेमा जानकारी गराइएको छ । आज विहान भएको तालिम उद्घाटनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरी, अटोमेकानिक्स ट्रेड युनियन चितवनका अध्यक्ष पदम कार्कीले मन्तव्य राख्नु भएको थियो । तालिममा अटो इन्जिनियर अमरदीप मजम्बर, रामशरण रोकाले प्रशिक्षण दिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट