लायन्स क्लव अफ भरतपुरकाे कार्ययोजना पारित

चितवन समाचार डटकम, ४ साउन ।

लायन्स क्लव अफ भरतपुरले संस्थाकाे बार्षिक कार्ययाेजना पारित गरेकाे छ ।

आज भरतपुरमा सम्पन्न क्लवकाे बैठकले वर्ष २०१९/०२० का लागि कार्ययोजना पारित गरेकाे हाे ।

क्लबले यस बर्ष रक्तदान, स्वास्थ्य शिविर, छात्रवृत्ति प्रदान, अनाथ वालवालिकालाई सहयाेग जस्ता सामाजिक कार्यक्रमहरु गर्ने निर्णय गरेकाे अध्यक्ष अनुजराज पन्तले जानकारी दिनुभयाे ।

क्लवका सदस्यहरुकाे वृतिविकास र भाईचारा अभिवृद्धिकालागि पारिवारिक बनभाेज, फेलाेसिप र आन्तरिक पर्ययटकिय स्थलकाे भ्रमण गर्ने समेत याेजना बनाईएकाे अध्यक्ष पन्तले बताउनुभयाे ।

बैठकमा लायन्स ईन्टरनेश्नल ३२५ वि टु नेपालका काे चिफ एडभाईजर एवम् भरतपुर क्लवका पुर्व अध्यक्ष हरिप्रसाद घिमिरेले सामाजिक सेवाका कार्यहरुमा लायन्स सदस्यहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जाेड दिनुभयाे । लायन्समा केही लिन भन्दा पनि केही दिनका लागि आबद्ध हुने मान्यताका साथमा सदस्य बन्नेगरेकाे जनाउँदै घिमिरेले यस क्लवले यस वर्ष सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयाे ।

साे क्रममा संस्थापक अध्यक्ष दिपक कुमार राना, जाेन चेयर पर्सन एवम् पुर्व अध्यक्ष दिनेशचन्द्र न्याैपाने, संस्थापक अध्यक्ष दिपक कुमार राना, नि वर्तमान

अध्यक्ष वसन्तराज पाैडेल, पुर्व अध्यक्ष श्रीप्रसाद कंडेल, उपाध्यक्ष तीर्थ नेपाल, सचिव भीष्म अधिकारी, नयाँ सदस्यका तर्फबाट हरिप्रसाद गैरेले आ-आफ्ना धारणा राख्नुभयाे ।

शेयर गरौ

ताजा अपडेट