प्रचण्डकी नातिनी स्मिताको सांगितिक फड्को, ‘जालमै पार्छु ’ रिलिज ( भिडियो सहित)

चितवन समाचार डटकम, ३ साउन ।
नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी गायिका स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
‘जालमै पार्छु’ बोलको लोकपप शैलीको गीतमा स्मितालाई आवाजमा आशिष अविरलले साथ दिएका छन् ।
एकनारायण भण्डारीको शव्द, अविरलकै संगित रहेको गितको सार्वजनिक भिडियोमा चर्चित नायिका आँचल शर्मा र भिजु पार्कीले अभिनय गरेका छन् ।
भिडियोमा स्मिताको पनि अभिनय छ । भिडियोको निर्देशन प्रविन सिंहले गरेका छन् । ओएस आर डिजिटल युट्युव च्यानलवाट सार्वजनिक गरिएको भिडियोलाई हेर्ने दर्शकको संख्या छोटो समयमै उलेख्य बढिरहेको छ ।
राजनीतिक परिवारकी सदस्य स्मिता नेपाली सांगितिक क्षेत्रमा फड्को मारिरहेकी छिन् । बाल गितबाट आफ्नो सांगितिक यात्रा थालेकी मलाई आमाले दिएको, माछिले खाने लगायत चर्चित गित सार्वजनिक भईसकेको छ ।
काठमाण्डौमा आज ‘जालमै पार्छु’ बोलको गितको भिडियो सार्वजनिकीकरण कार्यक्रममा प्रचण्ड परिवारका सदस्यहरु मन्त्री बिना मगर, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, स्मिताकी आमा गंगा दाहाल लगायत उपस्थित हुनुभएको थियो ।

https://www.youtube.com/watch?v=RuFvYLMooKw

ताजा अपडेट