कोहलपुरका एक युवक मृत अवस्थामा फेला

कोहलपुर, ३ साउन :

दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल होटेलको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल सञ्चालकले जानकारी दिएका छन् ।

हमालसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

उनले यो भन्दा अगाडि मृतक हमालसँग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैँया लगेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए। घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

शेयर गरौ

ताजा अपडेट