माडी , १५ माघ : दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ४७ औं वार्षिकोत्सवको अवसरमा अाज विशेष शैक्षिक उत्सवसंगै राष्ट्रिय लोकदोहोरी कलाकार कुलेन्द्र विश्वकर्माको लोकदोहोरी प्रस्तुती हुने भएको छ ।
बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेकोबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा विद्यालयले सो जानकारी दिएको हो । वार्षिकोत्सवमा ३ जना विद्यार्थी अभिषेक नेपाली, बिवेक तामाङ र सुस्मिता बिकलाई विद्यालयले सम्मान गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा, माडीका पर्यटकिय गन्तव्य स्थलहरुको फोटो प्रर्दशनी, वृत्तचित्र र फोटोहरु टि.भी. मार्फत प्रर्दशनी गरिने, बार्षिक उत्सवमा पशुपालन जानकारी एवं गोबर जाचँ गर्ने स्टल रहने समेत बताइएको छ । यसैगरी बिज्ञान प्रर्दशनीको बिचमा हुने पोखरीमा माछा र माछा सम्वन्धी विविध जानकारी गराइने समेत जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष पाण्डेसंगै प्रधानाध्यापक ऋषिराम काफ्ललगायतले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिनुभएको थियो ।