धनगढी बम बिष्फोटमा एकजनाको मृत्यु

धनगढी  ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु  भयको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्युु  भयको   वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले उज्यालोलाई बताउनुभयो ।

बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।

होटेलमा पेस्तोल भेटियो

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि नेकपा विप्लव समूहले आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

शेयर गरौ

ताजा अपडेट