धनगढीमा बम विस्फोट , पाँच जना घाइते

धनगढी २ साउन  । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।
निलम होटेलमा बेलुकी बम बिस्फोट भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट