वीरेन्द्र क्याम्पसमा सात वर्षदेखि विद्यार्थी भर्ना शुन्य , तलब भने लिदै १२ जना प्राध्यापक (को को छन् हेरौ)

चितवन समाचार डटकम
२ साउन ।

वीरेन्द्र क्याम्पसको मानविकी संकायको चारवटा विषयमा एकजना पनि विद्यार्थी भर्ना नभएको सातवर्ष बितिसक्यो प्राध्यापकले भने तलब लिन छाडेका छैनन् ।

वीरेन्द्र क्याम्पसका प्रशासन प्रमुख सुवोधमान श्रेष्ठले भन्नु भयो ‘चारवटा विषयमा सातवर्ष भन्दा धेरै समयदेखि विद्यार्थी भर्ना भएका छैनन् ।’ पढाउन नियुक्ती लिएका १२ जना पाध्यापकहरुले भने बसेरनै तलब लिदै आएका छन् । ‘त्रिभुवन विश्वविद्यालयको आंगिक वीरेन्द्र क्याम्पसमा १२ जना प्राध्यापकहरुको कुनै काम बिनानै तलब लिनु भएको छ ’ उहाले भन्नु भयो ।

वीरेन्द्र क्याम्पसका प्रशासन प्रमुख श्रेष्ठले भन्नु भयो ‘राजनीति शास्त्र, सस्कृति, इतिहास, भुगोल विषयमा अहिले विद्यार्थी छैन ।’ राजनीति शास्त्रमा एकदुइजना विद्यार्थी खोजेर ल्याउने गरिएको छ । त्यो पनि कहिलेकाही मात्र आउने गर्दछन् । कुनै विषयमा अध्ययन सकेर बसेका विद्यार्थीलाई भर्ना गर्न त्यसरी ल्याउने गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

‘दश वर्षदेखि विद्यार्थी आउन छाडे ’ प्रमुख श्रेष्ठले भन्नु भयो ‘नभएको बेलामापनि एकदुइ जना भर्ना हुने गरेका थिए, तर सातवर्ष यता शुन्य छ ।’ २० वर्ष अगाडि मात्रै मानविकी संकायमा विद्यार्थीको चाप थामिनसक्नु हुने गरेको थियो उहाले भन्नु भयो । तर अहिले मानविकी संकाय तर्फका विषयमा अध्ययन गर्ने विद्यार्थी पाउन मुस्किल छ । विद्यार्थी कम भएका विषयमा जनसख्या हो । स्नातक तह र स्नातकोत्तर तहमा यो विषय अध्यापन हुदै आएको छ । स्नाताकोत्तर तहमा जनसख्या अध्ययन गर्ने विद्यार्थीको सख्या ७ जना रहेको प्रशासनले जानकारी दिएको छ ।

इतिहास, राजनीति शास्त्र, सस्कृति र भुगोलमा भने विद्यार्थी नभएको लामो समय भयो । यी विषय पढाउने जनशक्ति वेकामे हुनु भएको छ । विद्यार्थी नभएपछि ति प्राध्यापकहरु निजि कलेज, व्यापार अन्य काममा सम्लग्न भएका छन् । फुर्सदीला भएका स्थायी, करारका प्राध्यापकहरुले तलब भने लिने गरेको प्रमुख श्रेष्ठले बताउनु भयो ।

विद्यार्थी पढ्न नआएपछि भुलोग र इतिहासका दुइजना प्राध्यापकले भने शिक्षा संकायको प्रशासनमा काम गर्दै आउनु भएको छ ।

विधार्थी नभए पनि तलब खाने प्राध्यापकहरु 

विद्यार्थी नभएपनि पढाएबापत तलब भने लिनेहरुमा राजनीति शास्त्रका केशवप्रसाद खनाल, मोहनसिंह राहुत, निला श्रेष्ठ, डा.हरिहर पोखरेल, सुलोचना सापकोटा रहनु भएको छ । निलकण्ठ पौडेल भने भर्खरै अबकास पाउनु भएको छ ।

सस्कृति विषयका प्राध्यापकहरुमा पशुपति नेपाल, लक्ष्मी शर्मा, भुगोल विषयका शिवहरि पंगेनी, इतिहास विषयका डा.देवीप्रसाद शर्मा कडेल, डा.राजेन्द्रप्रसाद रेग्मी, महेशप्रसाद अधिकारी, डा.लक्ष्मी पोखरेल रहनु भएको छ । विद्यार्थी नभएपछि वेकामे हुनु भएका उहाँहरु हाजिर गरी जाने गरेको प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । स्थायी र करार गरेर क्याम्पसमा अहिले एकसय ४७ जना प्राध्यापकहरु रहेका छन् । क्याम्पसमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापन संकायको स्नातक र स्नातकोत्तर तहको अध्यापन हुदै आएको छ ।

 

शेयर गरौ

ताजा अपडेट