चितवनका पत्रकारलाई साईबर सुरक्षा बारे अनुशिक्षण

चितवन, ३० असार ।
चितवनका पत्रकारहरुका लागी साईबर क्राइम सुरक्षा तथा सचेतनाका बारेमा एक दिने अन्तरक्रिया कार्यक्रम आज भरतपुरमा सम्पन्न भएको छ ।
फोब्र्स कलेज भरतपुर र सो कलेजको साईबर सचेतना क्लबको संयुक्त संयोजनमा भएको कार्यक्रममा जिल्लाका करिव तीन दर्जन पत्रकारले सहभागीता जनाएका थिए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि सुरक्षा तथा सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
सो अवसरमा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बदलिँदो समयमा सुचना प्रविधि र सामाजिक सञ्जालले हाम्रो जिवनशैली सहज बनाएता पनि जोखिम भने बढाएको धारणा ब्यक्त गर्नुभयो । साथै उहाँले फेसबुक, ईमेल वा विभिन्न मोबाईल एप्लिकेशनहरु प्रयोगको क्रममा अञ्जानमै हुनसक्ने त्रुटी र त्यसले सृजना गर्नसक्ने विषम परिस्थितीबारे जानकार गराउँन कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो ।
कलेजको साईबर सचेतना क्लबका पाँच जना प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक सुलभ अधिकारीले साईबर क्राईमको वर्तमान अवस्था र त्यसबाट जोगिनका लागि अपनाउँनु पर्ने सावधानी लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट