अमिर रामदाम,
भरतपुर, ३० असार । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आगामी कार्यकालको लागि अध्यक्षमा टेकबहादुर विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा यमबहादुर विश्वकर्मा, प्रथम उपाध्यक्षमा हेमबहादुर विश्वकर्मा, द्धितिय उपाध्यक्षमा राजु बराली, तृतीय उपाध्यक्षमा त्रिलोक भि.के रहेका छन् । त्यस्तै वैकल्पीक उपाध्यक्षहरुमा दानबहादुर विश्वकर्मा, मोहन पन्थी, ऋतु विश्वकर्मा, ननेन्द्र बराली र रुबिन रामुदामु रहेका छन् भने महासचिवमा रविन्द्र पन्थी, सचिवमा रमेशचन्द्र सदाशंकर, कोषाध्यक्षमा निलेनमान शाक्य, सहकोषाध्यक्षमा उत्सव खाती, प्रवक्तामा विकास बर्मा रहेका छन् ।
संघको कार्यसमिति सदस्यहरुमा तारा विश्वकर्मा, विनोद विश्वकर्मा, रबि बराली, लक्ष्मण गजमेर, लक्ष्य गोतामे, विवेक बराली र जितु विश्वकर्मा रहेका छन् ।
चुनावी महासंग्राममा होमिएको दुई प्यानललाई सहमति, सहकार्य र सक्षम नेतृत्वको अवधारणा अनुरुप मिलाएर सहमति गराउन सफल भएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष अधिवक्ता जीवनज्योति विश्वकर्माले बताए । उनले चाडै नै आन्तरिक तयारी सम्पन्न गरि अधिवेशन तथा पदहस्तान्तरण कार्यक्रम तय गरिने बताए ।
त्यस्तै संघका प्रवक्ता ऋतु विश्वकर्माले आज हुने भनिएको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनको औपचारिक कार्यक्रम आन्तरिक तयारी नपुगेकोले स्थगित गरिएको जीकिर गरिन् । उनले यहि कार्यक्रम औपचारिक रुपमा भदौ तेस्रो साता गरिने जानकारी दिए ।


