काठमाडौं ३० असार । अविरल वर्षाले कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएकाले बाँध खोलेर बाहिर निकाल्ने तयारी भइरहेको छ । ईन्द्र सरोवरमा पानी अत्याधिक भएपछि बाँध खोलेर बाहिर निकाल्न लागिएको हो । कुलेखानीको सरोवर भरिएर पानी २५.४ मिटर पुगेको छ ।
गृह मन्त्रालयले आज विहान सूचना जारी गर्दै केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।
गृहको सूचनामा भनिएको छ, कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४र३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टा पछि खोल्न शुरु हुन्छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला ।


