चितवन २९ असार । पुष्पलाल स्मृति प्रतिष्ठान चितवनले भव्य रुपमा ४१ औ पुष्पलाल स्मृति दिवस मनाउने भएको छ ।
स्मृति दिवसको विषयमा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतमा बसेको वैठकले दिवस मनाउने निर्णय गरेको हो । नेपाली कम्युनिष्ट स्थापनामा पुष्पलालको योगदानलाई विशेष रुपमा लिने गरिन्छ । कम्युनिष्ट पार्टीको स्थापना गरी नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको अहिलेको अवस्था आउन उहाँको योगदान स्मरणीय रहेको छ ।
वैठकमा नेकपाका केन्द्रीय नेता कृष्ण खनाल, जिल्ला अध्यक्ष यमबहादुर परियार, प्रतिष्ठानका पदाधिकारीको उपस्थिति रहेको खोमकान्त रेग्मीले जानकारी दिनु भयो । पुष्पलाल स्मृति दिवस साउन ७ गते नारायणढमा आयोजना हुनेछ । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरुको सहभागीता रहेने जनाइएको छ ।


