आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्ड बीचको प्रतिस्पर्धा जारी

काठमाडौ, २९ असार :

आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्ड बीच प्रतिस्पर्धा जारी छ ।

विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसोको सवा ३ बजेदेखि सुरु भएको हो । २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ ।
फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर बाहिरिएको इंग्ल्यान्डले त्यसलगत्तै भएको ५ एकदिवशीय सिरिजमा न्युजिल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।

यसअघि तीन पटकसम्म फाइनलमा पुगेर जित्न नसकेको उपाधि सपना यसपल्ट इंग्लिस खेलाडीहरु साकार पार्न चाहन्छन् । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को विश्वकपको उपविजेता हो । इयोन मोर्गन नेतृत्वको इंग्ल्यान्डका लागि ज्यासन रोयको पुनरागमन निकै नै प्रभावकारी देखिएको छ । लिग चरणमा श्रीलंका र अष्ट्रेलियासँगको लगातार हारपछि समस्यामा परेको इंग्ल्यान्ड त्यसबाट माथि उठेर सेमिफाइनलमा पुगेको हो ।

शेयर गरौ

ताजा अपडेट