अविरल वर्षासंगै आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ५० पुग्यो

काठमाडौ, २९ असार :

अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित प्रहरी उपरीक्षक रमेश थापाका अनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको मृत्यु भएको छ । आइतबार बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएका छन् । उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा ३३ जना बेपत्ता छन् ।

अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश २ मा ८, प्रदेश ३ मा १३, प्रदेश ५ र ६ मा दुई­दुई र काठमाडौंमा उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको मृत्यु भएको हो । उपत्यकातर्फ काठमाडौँमा तीन र ललितपुरमा आठजनाले ज्यान गुमाएका छन्। प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, उदयपुरमा एकजना, इलाममा ­एक जनाको ज्यान गएको छ ।

प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुई ­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई-­दुई तथा रामेछाप र चितवनमा एक-­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै प्रदेश ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ। बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् ।

प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन्। यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना रहेका छन् ।

सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट