कमला, बाग्मती र सप्तकाेशीको बाढी खतराकाे सुचक भन्दा माथि

काठमाडौं, २८ असार ।
लगातारको वर्षासँगै देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ । पानी पर्ने क्रम नरोकिएका कारण ठूला नदीहरुमा जल सतह उच्च बनेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कमला नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ ।

त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनेहरु दिनभर सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै, कमला नदी पनि उच्च खतराको स्थितिमा रहेको छ । त्यस्तै, बागमती नदीमा पनि जलसतह खतराको तहभन्दा माथि रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आज पनि हुरी बताससहित भारी वर्षा हुने भएकाले सुरक्षित स्थानमा मात्र बस्न सचेत गराइएको छ ।

शेयर गरौ

ताजा अपडेट