देशभर बाढी र पहिरो ः १२ जनाको मृत्यु, चितवन भने अहिलेसम्म सुरक्षित

चितवन समाचार डटकम
२७ असार ।

दुइदिनदेखि परेको विरल वर्षाका कारण अहिलेसम्म १२ जनाका मृत्यु भएको छ भने देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाण्डौमा तीन जनाको मृत्यु भएको छ । उपत्यका बाहिर ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
वर्षापछि नदी, खोलामा आएको वाढी र पहाडमा पहिरोले गर्दा कयौको घर बगाएको छ भने केही वेपत्ता भएका छन् । बाढीले गर्दा रौतहट, सुनसरी, सर्लाही, मोरङलगायतका जिल्लाहरु धेरै प्रभावित भएका छन् ।
तर चितवनमा भने अहिलेसम्म भारी वर्षाले मानवीय तथा भौतिक संरचनामा क्षती पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका मुख्य राजमार्गहरुमा पुर्वत अवस्थामा नै सवारी साधन सञ्चालनमा आएका छन् । वाढीको कारणले घर भत्काउने तथा मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।
पूर्वी चितवनको पर्यटकीय क्षेत्र सौराहामा राप्तीको वाढीको त्रास भने कायम रहेको छ । पानीको सतह बढेपछि वस्तीमा पानी पस्ने हो की भन्दै खोला किनारमा रहेका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको छ । बाढी आउछ भन्ने शंकाले पहिलेदेखिनै सामग्रीहरु सुरक्षित स्थानमा राखिसकेको क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिनु भयो । अहिलेसम्म कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।
नारायणी नदीको वहाब वढेपनि खतरा भने नभएको प्रहरीले जानकारी दिएको छ । पूर्वी चितवनको पर्सा बजार, भण्डारा, वीरेन्द्रनगर क्षेत्रको राजमार्ग माथिबाट पानी वगेको छ । माडी भरतपुर खण्डको विभिन्न स्थानमा पानीले खोलाको सहत वढ्दा सवारी साधन अवरोध भएको छ ।

शेयर गरौ

ताजा अपडेट