अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं, २७ असार :

उपाधि दाबेदारमध्ये एक साविक विजेता अस्ट्रेलियामाथि सहज जित निकाल्दै आयोजक इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।

न्युजिल्यान्डसँग उपाधि भिडन्त पक्का गर्ने क्रममा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रेको इङ्ल्यान्डले ३२ ओभर खेल्दै २ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य पुरा गर्यो।

योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ । यसअघि बलियो टोली भारतमाथि जित निकाल्दै किवी टोली न्युजिल्यान्ड फाइनलमा पुगिसकेको छ । बर्मिङ्घममा बिहीबार खेलाइएको विश्वकपको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो ।

यस जितका साथ इङ्ल्यान्डको टिम २७ वर्षपछि फाइनलमा पपुगेको छ । उसले पछिल्लो पटक सन् १९९२ भएको फाइनल भिडन्तमा पाकिस्तानसँग हार भोगेको थियो। इङ्लिस टोली चौथो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । यसअघि उसले हारको सामना गर्नुपरेको थियो।

शेयर गरौ

ताजा अपडेट