नेकपा विप्लवका सोलुखुम्वु जिल्ला सेक्रेटरी चितवनमा पक्राउ

चितवन २६ असार ।

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्का चितवनमा पक्राउ परेको छ ।
चितवन प्रहरीले खोजतलास गरेपछि भरतपुर महानगरपालिका वडा नंं २६ ज्योतिनगरमा लुकेर वसेको अवस्थामा फेला पारेको हो । विशेष सुचनाका आधारमा सेक्रेटरी खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनु भयो । प्रहरीका अनुसार पक्राउ परेका खड्का विप्लव समुह गठन भएदेखिनै सक्रिय रुपमा लागेको, पार्टीको विभिन्न तहमा जिम्मेवारी पूरा गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेको खड्काको विषयमा थप अनुसन्धान भइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट