धुर्मुस सुन्तली फाउडेशन पुन क्रिकेट रंगशाला निर्माणमा जुट्ने (विज्ञप्तिसहित)

 

चितवन २६ असार ।

रंगशाला निर्माण कार्य बिचैमा छाडेर हिडेको धुर्मुस सुन्तली फाउडेशन काममा फर्कने भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १५ र १६ को सिमानमा निर्माण हुदै गरेको गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार गएको जेठ १५ गते स्थानीयले भत्काएपछि काम रोकिएको थियो । महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्लावासीले धेरै पटक निर्माणको लागि आउन अनुरोध गरेपछि फाउडेशन पुन निर्माणको काममा जुटन थालेको हो ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रंगशालाको कामलाई निरन्तरता दिने निर्णय भएको जानकारी गराएका छन् । हिजो मात्रै भरतपुर महानगरपालिकामा सहयोग समितिले निर्माणमा पुन जुट्न पछिल्लो पटक अनुरोध गरेको थियो ।

आज जारी भएको विज्ञप्तिमा भनिएको छ ‘परियोजना सुरु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समितिको सचिवालय बैठकले रंगशाला निर्माणका लागि पटकपटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौँ ।’

फाउण्डेसनले बिहीबार जारी गरेको विज्ञप्तिमा डोजर प्रयोग गरी अराजकता प्रदर्शन भएको र यसले रंगशाला निर्माण अभियानको आधार हल्लाउने काम भएको उल्लेख छ । फाउण्डेसनले रंगशाला निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यवद्ध हुन सरोकारवालालाई अपिल गरेको छ । रंगशाला निर्माणमा जिल्लावासी, देश र विदेशमा रहेका सबै नेपालीले सहयोग गर्नको लागि अपिल समेत गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट