प्रधानमन्त्री ओलीले भन्नु भयो ‘पत्रबारे अनविज्ञ भए क्षमा माग्छु, भान्सामा शुद्ध खानेकुरा पुग्नु पर्छ ’

 

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनु भएको छ ।

उहाले भारतीय दूताबासले पठाएको पत्रबारे आफू अनभिज्ञ हुँदा पत्रबारे थाहा नपाएको कुरा बताएको भन्दै भ्रमप्रति क्षमा माग्नु भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादीरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पार्नु भयो ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उहाले भन्नु भयो, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटो छरितो रुपमा काम गर्नुपर्छ ।’ उहाँले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्का्तिर जनतामा सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो ।

अहिले संघ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उहाले भन्नु भयो, ‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् ।

यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम संघीय सरकारको हो ।’ उहाले सुरक्षा, अन्तराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय संघअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट