क्रिकेट रंगशाला प्रकरण ः महानगर बोलाइरहने धुर्मुस सुन्तली भागीरहने ( खास कारण यस्तो छ )

चितवन समाचार डटकम
२५ असार ।

चितवनमा निर्माण हुन लागेको अन्तरराष्ट्रि क्रिकेट रंगशालाको बार भत्केपछि भड्केका धुर्मुस सुन्तीली फाउण्डेशन निर्माणमा फर्किएका छैनन् ।

भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुले दर्जनौ पटक निर्माणको काममा पुन आउन फाउण्डेशनलाई आग्रह गरेको छ । तर पनि निर्माणको काम पुन शुरु हुन सकेको छैन । गएको जेठ १५ गते स्थानीय प्रकास कडेलको नेतृत्वमा रंगशाला स्थलको टिनको बार भत्काएपछि निर्माण कार्य रोकिएको छ ।

बार भत्काउनेलाई कार्वाही र जरिवाना समेत तोकेर असहज अवस्था सामान्य भइसकेको छ । तर निर्माण कार्य शुरु हुन सकेको छैन । अवस्था सहज बनाइ निर्माण कार्यमा द्रुत रुप दिनको लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा रंगशाला निर्माण सहयोग समिति बनेको छ ।

अवस्था सामान्य भयो भन्दै निर्माणको जिम्मा पाएको फाउडेशनलाई पटक पटक आउन आब्हान गरेको छ । तर अहिलेसम्म नआएपछि वुधबार महानगरमा पत्रकार सम्मेलनको आयोजना गरी सहयोग समिति र महानगरले आफ्नो काममा जुट्न पुन आव्हान गरेको छ ।

सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले भन्नु भयो ‘हामीले सबै वातावरण अनुकुन बनाएका छौ तपाइहरु निर्माणको लागि आउनुहोस ।’ सहयोग रकम जुट्दै गएको छ । जुट्ने क्रम जारी छ निर्माणको काममा फाउण्डेशन लाग्नु पर्दछ डल्लाकोटीले भन्नु भयो । जिल्लामा ५ हजार १ सदस्यीय सहयोग समिति गठन गरेको छ । सहयोगको लागि हरेक पालिकामा उपसमितिहरु गठन भएका छन् । सुरक्षाको लागि प्रहरीको विट नै खडा गरेर प्रहरी परिचालन भएका छन् । समितिको वैठकले अवस्था राम्रो भएकाले निर्माण कार्यमा छिटो लाग्न अनुरोध गर्दै विभिन्न निर्णयहरु गरेका छ ।

त्यस्तै गरी १५ सदस्यीय आर्थिक उपसमिति, अनुगमन समिति गठन गरेको जानकारी दिएको छ । निर्माणमा घोषणा गरेको रकम छिटो दिन आव्हान गरेको छ ।
आज भएको पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशाला निर्माणमा अहिले कुनै असहज अवस्था नभएको बताउनु भयो । सवै वातावरण उपयुक्त भएको अवस्थामा पनि फाण्डेशन आउन ढिला गरेको प्रति चिन्ता व्यक्त गर्नु भयो । रंगशाला निर्माणमा भएका सहमती पालना गर्न महानगर तयार छ फाउण्डेशनले पनि सहमती पालना गर्नु पर्दछ ।

दाहालले भन्नु भयो ‘अवस्था सहज छ प्रदेश सरकारबाट ५ करोड आएको छ । महानगर र प्रत्येक वडाबाट गरी ६ करोड भन्दा धेरै रकम जम्मा भइसकेको छ ।’ अन्य निकायबाट पनि रकम उठ्ने क्रम जारी छ । काम शुरु भएपछि उत्साहजनक रुपमा सहयोग रकम उठ्ने छ । निर्माणको वातावरण बनेकाले काममा पुन फर्कन हामी आव्हान गर्दछौ दाहालले भन्नु भयो । पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, वडा ५ का अध्यक्ष पदमपाणि सुवेदी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

भरतपुर महानगरपालिकाको वडा नंं १६ मा रहेको कृषि विश्व विद्यालयको २० विगाह जग्गामा गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तरी फाउडेशनसंग सम्झौता भएको छ । ३ अर्ब रुपैया लगानी लाग्ने यो कार्यको लागि फाउडेशनले सहयोग रकम जुटाउदै निर्माण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । रंगशालाको पश्चिम क्षेत्रको बाटोको विषयलाई लिएर स्थानीयले बार भत्काएपछि अवस्था बिग्रेको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु भएन ।

शेयर गरौ

ताजा अपडेट