कलंकी–महाराजगन्ज सडक खण्डः यो वर्ष साइट क्लियर अर्को वर्षदेखि निर्माण

काठमाडौं, २५ असार : 

सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनुजंग कार्की चिनियाँ पक्षसँग छिट्टै वार्ता गरेर सडक विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको बताउँछन् । ‘चिनियाँ पक्षसँग केही हप्ताभित्रै वार्ता गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरुले तयार पारेको प्रारम्भिक डिपिआरमाथि छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ ।’

महाशाखाले उक्त खण्डको ८.२ किलोमिटर सडकमा भएका घर, टहरा, बिजुलीका पोल, टेलिकम÷अन्य सेवा प्रदायक कम्पनीका पोल, खानेपानी, ढल तथा रुख हटाउने काम अघि बढाइएको जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

शेयर गरौ

ताजा अपडेट