तीन दिने आर्थिक पत्रकारीता तालिम सम्पन्न

चितवन समाचार डटकम, २४ असार ।

नेपाल पत्रकार महासंंघ चितवन र उद्योग वाणिज्य संघ चितवनले संयुक्त रुपमा आयोजना गरेको तीन दिने आर्थिक पत्रकारीता तालिम आज सम्पन्न भएको छ ।

नारायणगढ स्थित संघकाे सभाकक्षमा गरिएको तालिममा जिल्ला स्थित ३० जना पत्रकारले सहभागीता जनाएका थिए ।

तालिममा आर्थिक पत्रकारीता, उद्योग, पाेल्ट्रि, कृषि, सेयर वजार, काेष तथा लेखा लगायतका विषयमा प्रशिक्षण दिईएकाे थियोे ।

हिमाल पत्रिकाका बरिष्ठ संवाददाता रमेश कुमार, कृषि एवम् पाेल्ट्रि विज्ञ डा. तिलचन्द्र भट्टराई, मित्रराज दुवाडि, उधाेग विज्ञ युवराज वस्ति, शेयर वजार विज्ञ मधुसूदन लामिछाने, भरतपुरका काेष तथा लेखा नियन्त्रक महेन्द्र भण्डारीले प्रशिक्षण दिनुभएको थियाे ।

तालिम समापन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले लामाे समयदेखि यस किसिमकाे तालिम गर्ने चाहाना भएतापनि अहिले पूरा भएको भन्दै खुसी ब्यक्त गर्नुभयाे । अध्यक्ष प्रधानले तालिम पछि यहाँको आर्थिक क्षेत्रमा लाभ पुग्ने आशा व्यक्त गर्नुभयो ।

तिनदिने तालिम सवै सहभागीका लागि फलदायी भएको पत्रकार महासंघ चितवनका राधेश्याम खतिवडाले बताउनुभयाे । महासंघ केन्द्रले पनि यस वर्ष तालिम वर्षका रुपमा सञ्चालन गरेकाे जानकारी गराउदै अध्यक्ष खतिवडाले समन्वय गरिदिएकाेमा उवासंघलाई धन्यवाद व्यक्त गर्नुभयाे ।

 

शेयर गरौ

ताजा अपडेट