बिना निर्णय मन्त्रीपरिषदको बैठक सकियो, बेलुका बालुवाटारमा बस्ने

काठमाडौं २४ असार । आज बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिनु भयो ।

आजको बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌गिएको हो ।

बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफ‍ल हुनेछ ।

शेयर गरौ

ताजा अपडेट