सुरेन्द्र पाण्डेको पहलमा नौ अर्वको ‘बिग प्रोजेक्ट’: लोथर सौराहा बाँध निर्माण शुरु

चितवन समाचार डटकम
२३ असार ।

चितवनको निर्वाचन क्षेत्र नंं १ का सांसद सुरेन्द्र पाण्डेको पहलमा नौ अर्ब रुपैयाको लगानीमा लोथर सौराहा कंक्रिट तटवन्धन बन्ने भएको छ ।

पूर्वी चितवनमा नदी कटानको समस्यालाई दीर्घकालिन समाधान गर्न कंक्रिटको पर्खाल निर्माण गर्न नौ अर्बको लगानी गर्न थालिएको हो । आउदो आर्थिक वर्ष २०७६ र ०७७ को बजेटमा करिब ३५ किलोमिटर लामो पर्खालको लागि योजना परेको छ । केही किलोमटर भाग निर्माण भएको ग्रावेल र माटोको पर्खालले दीर्घकालिन स्थायी छेकबार हुन नसकेपछि आरसीसी पर्खालनै निर्माण गरेर स्थानीय सुरक्षा दिन खोजिएको हो ।

चितवनको निर्वाचन क्षेत्र नंं १ मा पर्ने यस स्थानमा हरेक वर्ष वाढीको जोखिम हुदै आएको छ । सांसद तथा पूर्व अर्थ मन्त्री पाण्डेले हरेक वर्ष हुने त्रासलाई दीर्घकालिन समाधानको लागि पहल गरेको बताउनु भयो । निकुञ्ज नजिकै रहेको वस्ती, उर्वर भूमि र र्पयटकीय क्षेत्र सबैको सुरक्षाको लागि पनि यो योजना ल्याएको उहाले बताउनु भयो ।
लोथरदेखि कुमरोज नजिकैसम्म करिब २३ किलोमिटर ढुंगामाटोको तारजाली सहितको ड्याक निर्माण गरिएको छ । यो ड्याकमा हरेक वर्ष वाढीले भत्काउने, जुनसुकै समयमा फोड्न सक्ने जोखिम रहेको छ । यही जोखिमलाई स्थायी समाधान खोजिएको  पूर्व अर्थमन्त्री, नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका पाण्डे बताउनु भयो । प्रारम्भिक कामको लागि आउदो आवमा २ करोड रुपैयाँ छुट्याइएको पाण्डेले जानकारी दिनु भयो ।

आरसीसी ड्याकको लागि नेपाल सरकार र इयुको लगानी रहनेछ । ३५ प्रतिशत नेपाल सरकार र बाँकी इयुको लगानी हुने गरी काम अगाडि वढेको साँसद पाण्डेले बताउनु भयो । पर्खाल निर्माण भएपछि सौराहा लोथर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने यहाँका पर्यटन व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीले भन्नु भयो आरसीसी पर्खाल निर्माणले सबैभन्दा सुरक्षित हामी हुने छौ । हरेक वर्ष वाढी र डुवानको जोखिमबाट मुक्त पाइनेछ । दुइ वर्ष अगाडि पुरानो ड्याक फोडेर राप्ती पस्दा धेरै नोक्सान भएको थियो उहाले भन्नु भयो अहिले पनि भत्केको ड्याक मर्मत गरिएको छैन ।

निकुञ्ज र वस्तीको सिमानाबाट वगेको राप्ती खोला किनारमा कंक्रिट ड्याक पर्खाल बनेपछि पूर्वी चितवन नदी कटानबाट मुक्त हुने छ । यो क्षेत्रमा नयाँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुने सचिव रेग्मीले बताउनु भयो ।

पर्यटकीय क्षेत्रका रुपमा विकास भएको सौराहाको सुरक्षा, खेती योग्य जमिन र मानव वस्तीको सुरक्षाको लागि योजना ल्याएको पूर्व अर्थमन्त्री पाण्डेले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट