राप्ती नगरपालिकाका किसानलाई कृषि सामग्री वितरण

चितवन २३ असार ।

चितवनको राप्ती नगरपालिकाका एकसय १० जना किसनालाई कृषि सामग्री बितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, व्लक विकास कार्यक्रम अन्तरगत राप्ती नगरपालिका वडा नंबर १, २, ३ र ४ का किसानलाई कृषि सामग्री प्रदान गरिएको हो ।
जेनेरेटर, रोडाभेटर, ई–पम्प, ह्यारो, त्रिपाल, सिंचाई मोटरसहित धानकाट्ने मेसिन लगायतका सामग्री वितरण गरिएको हो । सरकार र किसानको साझेदारी कार्यक्रम अन्तगर्त एकसय ८५ जना किसानलाई सामग्री वितरण गरिने लक्ष्य छ ।
पहिलो चरणमा सोमबार एकसय १० जनालाई मात्र वितरण गरिएको राप्ती नगरपालिका वडा नंवर ४ का अध्यक्ष शम्शेर लामाले जानकारी दिनु भयो। बाँकी किसानलाई छ्टिै कृषि सामग्री प्रदान गरिने तयारी भएको वडा अध्यक्ष लामाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट