चितवनका सुनचाँदी ब्यवसायीलाई लाग्यो चुनाव

 

अमिर रामदाम, चितवन समाचार डटकम, २३ असार ।

चितवनका सुनचाँदी ब्यवसायीलाई अहिले चुनाव लागेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनकोे पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन यही असार ३० गते सोमबार हुदैछ । संघको नयाँ कार्यसमितिको लागी दुई समुह चुनावी मैदानमा छन् । उपाध्यक्षद्वय टेकबहादुर विश्वकर्माको प्यानल र यमबहादुर विश्वकर्माको प्यानल चुनावी महासंग्राममा होमिएका हुन् । उनीहरु हाल चुनावी प्रचारमा ब्यस्त छन् ।

आसन्न अधिवेशनका लागि १७ जना जिल्ला कार्यसमिति र ३ जना लेखा समिति र ३ जना अनुगमन समिति गरी २३ पदका लागि निर्वाचन हुने भएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष अधिवक्ता जिवनज्योति विश्वकर्माले अन्तिम चरण सम्म सहमतिको प्रयास जारी हुने बताउनुभएको छ । यदि सहमति नै हुन नसको खण्डमा चुनावी प्रक्रियामा प्रवेश गर्ने अध्यक्ष अधिवक्ता विश्वकर्माले बताउनुभयो ।

अध्यक्ष पदका प्रत्यासी टेकबहादुर विश्वकर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हेमबहादुर विश्वकर्मा, उपाध्यक्षहरूमा ऋतु विश्वकर्मा, दानबहादुर विश्वकर्मा, मोहन पन्थी, महासचिवमा त्रिलोक भिके, प्रवक्तामा कमला विश्वकर्मा, सचिवमा युवराज सुनार, कोषाध्यक्षमा उत्सव खाती विश्वकर्मा, सहकोषाध्यक्षमा डम्बरध्वज विश्वकर्मा रहेका छन् ।
त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी यमबहादुर विश्वकर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चेतबहादुर विश्वकर्मा (राजु), उपाध्यक्षहरूमा नरेन्द्र बराली, रूविन रामुदामु, निलेनमान शाक्य, महासचिव रविन्द्र पन्थी, प्रवक्तामा तारा विश्वकर्मा, सचिवमा विकास बर्मा, सहकोषाध्यक्षमा रमेश चन्द्र सदाशंकार रहेका छन् ।
त्यस्तै दुवै पक्षका उम्मेद्वार व्यवसायीहरू घरदैलोमा व्यस्त रहेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं पूर्व अध्यक्ष अर्जुन रसाईलीले सकभर चुनावमा होमिनुभन्दा सहमतिमा नेतृत्व चयन गर्न सके उचित हुने धारणा राख्नभएको छ ।

शेयर गरौ

ताजा अपडेट