चितवन, असार २३ ।
राप्ती नगरपालिका वडा नम्वर ६ मा फरक क्षमता भएका अशक्त अवस्थाका व्यक्तीहरुलाई ह्वील चियर वितरण गरिएको छ ।
वडा कार्यालयको वजेटबाट सोही वडा भित्र रहेका ७ जना फरक क्षमता भएकाहरुलाई घरघरमै पुगेर ह्वील चियर वितरण गरिएको हो । राप्तीका उपमेयर इमानसिंह लामा,जिल्ला समन्वय समिति चितवनकी सदस्य गुनु सुनार,राप्ती नगरपालिका कार्यपालिका सदस्य पुष्पा कुँवर,वडाध्यक्ष जल्लु महतो लगायतको उपस्थितीमा उनीहरुको घरघरमै पुगि ह्वील चियर वितरण गरिएको थियो ।
राप्ती ६ का सिद्धार्थ चौधरी,अनिल कुमार महतो,पूर्ण वहादुर गुरुङ,फुलमाया प्रजा,अर्चना मल्ल,पिताम्वर सेढाई र सउन्ती थरुनीलाई एक एक थान ह्वील चियर वितरण गरिएको राप्ती ६ की वडा सदस्य एवंम् कार्यपालिका सदस्य पुष्पा कुँवरले जानकारी दिईन् । ह्वली चियर वितरण गर्दै राप्तीका उपमेयर इमानसिंह लामाले फरक क्षमता भएका व्यक्तीहरुलाई हेर्ने नजरमा अझै पनि परिवर्तन आउन नसकेको उल्लेख गर्दै उनीहरुको क्षमता अनुसार राज्यले सेवा सुविधा उपलव्ध गराउनु पर्ने वताए ।


