चितवन, असार २३ ।
चितवनको खैरहनी नगरपालिकामा सोमवारदेखी स्वास्थ्य कार्यक्रमको ज्ञान अभिवृद्धी तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । स्वास्थ्य कार्यालय चितवनको आयोजना तथा खैरहनी नगरपालिकाको समन्वयमा दुई दिने कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले उद्घाटन गर्दै मानव जीवन संचालनमा स्वास्थ्य महत्वपुर्ण हुने उल्लेख गर्दै आम नागरीकलाई सहज रुपमा यो सेवा पुर्याउनु पर्नेमा जोड दिईन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले स्वास्थ्यको संवैधानिक अधिकार,स्थानीय तहले खेल्नु पर्ने भुमिका,सेवा प्रवाहका बारे सहजीकरण गर्ने खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख माया पाण्डेले वताईन् । कार्यक्रममा नगरका वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागीता रहेको छ ।


