एकीकृत थरुहट राष्ट्रिय भेलाको निर्णय : आन्दोलन जारी छ, झुटा मुद्दा खारेज गर

चितवन २३ असार । चितवनको सौराहामा दुइ दिनसम्म चलेको एकीकृत थरुहट राष्ट्रिय भेलाले २१ वुदे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको छ ।
असार २१ र २२ गतेसम्म चलेको भेलाले राज्यसंग विगतमा भएका सम्झौता कार्वान्वयनमा जोड दिएको छ । भेलाले गरेको निर्णयको विषयमा आज भरतपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै थारु नेताहरुलाई लगाइएको झुटा मुद्दा खारेज गर्न सरकारसंग माग गरेको छ ।
भेलाको निर्णयको विषयमा जानकारी दिदै थारु नेतृ तथा सांसद रुक्मिणी चौधरीले थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीमाथि जगाइएको झुटा मुद्दा खारेज गर्न माग गर्नु भएको छ । ‘जातको आधारमा सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजिएको छ’ उहाले भन्नु भयो ‘जनप्रतिनिधि रेशम चौधरीलाई थुनामा राखिएको छ यो गलत भयो ।’
राणा शासन कालमा भन्दा क्रुर व्यवहार गरिएको छ । उपचारमा रहदा समेत सिक्री लगाउने कस्तो कानुन हो चौधरीले भन्नु भयो । भेलाले संविधान संसोधनको लागि राखिएको वुदाको कार्यान्वयन गर्नु पर्ने, थारुहट आन्दोलन जारी रहने, तत्कालिन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुदा भएका सहमती कार्यान्वयन गरिनु पर्ने, टिकापुर घटना सत्याग्रह अभियान कैलाली, काठमाण्डौ र अन्य जिल्लाहरुमा जारी गर्ने, सरकारसंग छलफल गर्न कार्यदल बनाउने, टिकापुर घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गरिनु पर्ने, थारुहटका रुपमा तीन वटा प्रदेश बनाउनु पर्ने लगायतका वुदाहरु रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट