तीन दिने आर्थिक पत्रकारिता तालिम नारायणगढमा शुरु

चितवन समाचार डटकम, २२ असार :

नेपाल पत्रकार महासंघ चितवन र उद्योग वाज्यिण संघ चितवनको संयुक्त आयोजनामा तीन दिने आर्थिक पत्रकारिता तालिम नारायणगढमा शुरु भएको छ ।

चितवनमा रहेर सबै विटमा पत्रकारिता गरिरहेका चितवनका क्रियाशिल पत्रकारलाई दक्ष र अब्बल बनाउन तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो । “आर्थिक विटमा पत्रकारहरुको समाचार लेखन कार्यलाई दक्ष र सक्षम बनाउने नै हाम्रो उद्देश्य हो” उहाँले भन्नुभयो,“ उद्योग वाज्यिण संघ चितवनसँगको समन्वयमा कार्यक्रमको आयोजना भयो” ।

कार्यक्रममा बोल्दै उद्योग वाज्यिण संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले आफु पनि संचार माध्यम बाटै उद्योग वाज्यिण संघमा आएको भन्दै तालिम आयोजना गर्न पाएको निकै खुसि भएको बताउनुभयो । आर्थिक पत्रकारिताको माध्यमबाट आर्थिक गतिविधि आम सर्वसाधारण माझ पुग्ने भन्दै आर्थिक समृद्धीमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघसँगको समन्वयमा उवासंघले तालिमको व्यवस्थापन गरेको हो । आज आर्थिक विटमा समचार लेख्ने वरिष्ठ पत्रकार रमेश कुमारले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा चितवनका ३० जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।

शेयर गरौ

ताजा अपडेट