चितवन २२ असार ।
प्रतिनिधि सभाका कानुन, न्याय तथा मानवअधिकार समितिके सभापति कृष्णभक्त पोखरेलले चितवनको गोन्द्राङमा रहेको ढाटलाई लोथरमा सार्न माग गर्नु भएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै चितवनको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद पोखरेलले उपयुक्त स्थानमा ढाट नराख्दा जिल्लाबासीले दुःख पाएको भन्दै सार्न माग गर्नु भएको हो ।
चितवनका बासिन्दाले आफ्नै जिल्लामा हिँड्न पनि कर तिर्नु पर्ने अवस्था दुःखद भएकाले उक्त ढाटलाई चितवन र मकवानपुरको सीमा क्षेत्र लोथरमा सार्न उहाँले संसदमा माग गर्नु भएको हो । उहाँले सकेसम्म राजमार्ग क्षेत्रमा सडक दस्तुर नउठाई त्यसको विकल्प खोज्न समेत माग गर्नु भएको छ ।
जिल्ला भित्र समान्य कामदेखि अत्यावश्यक काम गर्न आउदा जाँदा शुल्क लिएर हैरानी दिएकाले राजमार्गमा ढाट राखेर स्थानीयलाई दुःख दिएको बताउनु भयो । मुख्य राजमार्गमा ढाट राखेर शुल्क उठाउनु भन्दा अन्य विकल्पबाट दस्तुर लिन ध्यानाकर्षण गराउनु भयो ।
यस अघि साम्सद पोखरेलले गोन्द्राङमा रहेको ढाटले जिल्ला वासीलाई दुःख दिएको भन्दै जिल्लामा सर्वदलिय वैठक राखि सम्वन्धीत पक्षलाई ध्यानाकर्षण गराउनु भएको थियो । सदरमुकाम आउदा जादा शुल्क लिएको भन्दै जिल्लामा व्यापक विरोध भएको छ ।


