शान्ति सुरक्षामा खलल गर्नेलाई छाडिदैन ः गृहमन्त्री थापा

चितवन २२ असार ।

गृहमन्त्री रामहादुर थापा बादलले शान्ति सुरक्षामा खलल पु¥याउने जुनसुकै शक्तिलाई पनि नछाडिने बताउनु भएको छ ।
भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहलाई आज सम्वोधन गर्दै उहाले जनुसुकै नामको अशान्ति पैदा गर्नेलाई कानुन अनुसार कार्वाही गरिने बताउनु भयो । आतंक फैलाएर डर त्रास देखाउनेहरुलाई नियन्त्रणमा लिएर कार्बाही भइराखेकाले आफ्नो काम निर्धक्कसंग सञ्चालन गर्न सर्वसाधारणलाई अनुरोध गर्नु भयो । प्रतिवन्धित नेकपा विप्लव समुहलाई लक्षित गर्दै गृहमन्त्री थापाले अराजक गतिविधि गर्नेलाई कार्वाही हुने चेतावनी दिनु भएको थियो ।
दिक्षित कार्यक्रममा सम्वोधन गर्दै गृहमन्त्री थापाले प्रहरीलाई नागरिक मैत्री सेवामा लाग्न निर्देशन दिनु भयो । नागरिक र राष्ट्रका लागि काम गर्ने कसम खाएकाहरुले त्यही अनुसार आफ्नो कर्तब्य निर्वाह गर्न सुझाव दिनु भयो ।
उहाले मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४ अख्तियार गरेको भन्दै योजनाको लक्ष्य प्राप्तीमा प्रहरीको भूमिका अहम् हुने बताउनु भयो । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनमैत्री जिम्मेवारी निर्वाह गर्न दीक्षित भएका प्रहरी अधिकृतलाई निर्देशन दिनु भयो । गत साउन २७ गतेदेखि सुरु भएको सो तालिममा २१ जना महिलासहित तीन सय पाँच जना प्रहरी सहायक निरीक्षकहरु दीक्षित भएका छन् । भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट हालसम्म एक हजार आठ सय २९ जना प्रहरी सहायक निरीक्षकहरु पासआउट भएको कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट