काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री भीम रावलले भारतबाट नेपाल आउने फलफूल र तरकारीमा गर्ने भनिएको विषादी जाँचको निर्णय उल्टिएको विषयमा असन्तुष्टि जनाएका छन् ।
भारतको दबाबपछि नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका हुन् । शनिबार नेकपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद रावलले सार्वभौम सरकारी अधिकार प्रयोग गर्न सरकार चुकेको आरोप लगाए ।
उनले विश्व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार कुनै पनि मुलुकले तरकारी तथा वनस्पति आयात गर्नेक्रममा निश्चित मापदण्ड तोक्न पाउने व्यवस्था गरेको स्मरण गराए । उनले भने, ‘कसैको दवावमा सरकार कर्तव्य विमुख हुन मिल्दैन ।


