कालिकामा साउनदेखि अनलाईन मार्फत राजश्व संकलन

चितवन २१ असार । कालिका नगरपालिकाले आगामी साउन १ गते देखि अनलाईन मार्फत राजश्व संकलनको काम सुरु गर्ने भएको छ ।
नगरपालिकाको काम सुचना प्रविधिसंग जोड्दै सो नगरपालिकाले वडा कार्यालय तथा नगरपालिकाको कार्यालयबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गर्न लागेको मेयर खुमनारायण श्रेष्ठले जानकारी दिनु भयो । वडाबाट अनलाईन मार्फत राजश्व संकलनको काम सुरु भएपछि टाँडाटाँडाबाट राजश्व बुझाउन नगरपालिकाको कार्यालयमा आउनु पर्ने बाध्यताको अन्त्य हुने मेयर श्रेष्ठले बताउनु भयो ।
अनलाईन मार्फत राजश्व संकलनको लागि नगरपालिकाले सम्पती तथा भूमिकर आय सम्बन्धी तालिम शनिवारदेखि सुरु गरेको छ । नगरपालिकाका कर्मचारीहरुको लागि तीन दिने तालिम सुरु भएको लेखा अधिकृत ऋषि कडुवालले जानकारी दिनु भयो । तालिमको उपमेयर कमला भट्टराईले उद्घाटन गर्नु भएको थियो । तालिममा वडा सचिव र नगरपालिकाको राजश्व शाखाका काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट