चुके र लामाको शोक सभामा गृहमन्त्री रामबहादुर थापा बादल

चितवन २१ असार ।

गृहमन्त्री रामबहादुर थापा बादल शनिबार दुइवटा शोक सभामा सहभागी भएर श्रद्धञ्जलि व्यक्त गर्नु भएको छ ।

गृह मन्त्री थापाले पत्नी शोकमा पर्नु भएका ३ नं प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको घरमा पुगेर पुगेर समेवदान व्यक्त गर्नु भयो । गृहमन्त्री थापाले मन्त्री लामाको धर्मपत्नीको तस्वीरमा श्रद्धाञ्जलीसगैँ शोकाकुल परिवरजनप्रति समवेदान व्यक्त गर्दै सान्त्वना दिनु भयो ।

त्यस्तै गरी गृहमन्त्री थापाले भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेलाई प्रजातान्त्रिक योद्धाको रुपमा स्मरण गरेको बताउदै उहाँको योगदानको विषयमा चर्चा गर्नु भयो । आज नवौ दिनको पुण्य तिथिमा चुकेको घरमा पुगेर गहमन्त्री बादलले उहाँ प्रति श्रद्धाञ्जलीसगैँ शोकाकुल परिवरजनप्रति समवेदना व्यक्त गर्नु भयो ।

शोक सभामा मन्त्री थापाले भन्नु भयो चुकेलाई एउटा प्रजातान्त्रिक योद्धाको रुपमा मैले लिन्छु, उहाले प्रजातन्त्र स्थापना, यहाँको विकास निर्माणमा गर्नु भएको योगदानलाई विर्सन सकिदैन ।’ थापाले उहाँको काम र इमान्दारिता नै सबैको लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाबाट सबैले सिक्नु पर्ने भन्दै चुकेको योगदान प्रजातान्त्रिक आन्दोलनमा पनि उत्तिकै रहेको स्मरण गर्नु भयो । गृहमन्त्री थापाले चुकेको भरतपुर नगर विकासमा धेरै नै महत्वपूर्ण योगदान रहेको समेत उल्लेख गुर्न भयो ।

शेयर गरौ

ताजा अपडेट