भ्रष्टाचारको दलदलमा देश डुव्यो ः वरिष्ठ नेता पौडेल

चितवन समाचार डटकम,
२१ असार ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललले देश अहिले भ्रष्टाचारको दलदलमा डुबेको बताउनु भएको छ ।

स्वर्गीय मुक्तिलाल चुकेको नवौ पुण्य तिथिमा आज बिहान नारायणगढमा भएको शोक सभा कार्यक्रममा बोल्दै सरकार चलाउनेसंग सदाचारीको भावना भेट्टाउन मुस्किल भएको बताउनु भयो । आर्थिक रुपमा बिचलनका घटना यती धेरै आउदा पनि सरकार मौन बस्नु लाजमार्दो भएको उहाँको भनाइ छ । सरकारको काम गर्ने शैली ठिक नहुदा हरेक निर्णयहरु विवादास्पद भइराखेको छ उहाले भन्नु भयो ओली नेतृत्वले देश चलाउन सकेन ।

सरकारका नेतृत्वले सदाचारी स्वर्गीय मुक्तिलाल चुकेबाट धेरै कुरा सिक्न सकिने भन्दै इमान्दार निष्ठावान नेताका रुपमा चुकेलाई आफूले लिएको बताउनु भयो । भरतपुर नगरपालिकाका सस्थापक मेयर भएका चुकेले भरतपुरको विकास निर्माणमा उल्लेख्य योगदान गर्नु भएको नेता पौडेलले बताउनु भयो ।

काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य केशवप्रसाद हुमागाइ, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, काँग्रेस जिल्ला सचिव उत्तम जोशी, काँग्रेसका नेताहरु जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, गौरी प्रधान, स्वर्गीय चुकेका आफन्त दिनेशकुमार चुके, ज्ञानबहादुर चुकेलगायतले दिवंगत चुकेको विषयमा चर्चा गर्नु भएको थियो ।

यसै गरी वरिष्ठ नेता पौडेलले आजै नेविसंघ वीरेन्द्र क्याम्पसले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नु भएको थियो । उहाले पार्टीको बिचारबाटै नै देशलाई अगाडि वढाउन सकिने भन्दै युवा वर्गलाई प्रशिक्षणको आवश्यकता रहेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट