चितवन २१ असार ।
प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको छ ।
लामाका धर्मपत्नी ५८ वर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे निधन भएको मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले जानकारी दिनु भयो । कलेजोको क्यान्सरबाट पीडित लामा गएको मंसिर महिनादेखि रोगसंग लडिरहनु भएको थियो । उपचारको क्रममा रहनु भएका उहाको आज विहान निधन भएको हो ।


