चितवनका सरोकारवालाले भने, ‘निकुञ्ज भित्र होटल चलेको राम्रो’

चितवन समाचार डटकम,
२० असार ।

राष्ट्रिय निकुञ्ज भित्र होटल चलाउन दिने सरकारको तयारी भइरहदा पर्यटन क्षेत्रमा लागेकाहरुले स्वागत गरेका छन् ।

निकुञ्ज भित्र सञ्चालन हुने होटलका विषयमा भने कडा मापदण्ड लगाएर मात्र सञ्चालन गर्नु पर्ने उनीहरुको माग रहेको छ । बन्य जन्तुको संरक्षण, राज्यलाई कर र उचित व्यवस्थापन हुनु पर्ने यहाँका सरोकारवालाको भनाइ छ । पर्यटनको केन्द्र रहेर पनि प्रसस्त मात्रामा विदेशी पर्यटन नआउदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको छ ।

निकुञ्ज भित्र होटल सञ्चालन गर्न दिएमा यहाँ पर्यटक धेरै आउने जसले गर्दा आर्थिक गतिविधि वढ्ने उनीहरुको भनाइ छ । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘नियम कडा राखेर होटल चलाउन दिदा राज्यलाई फाइदा हुन्छ हानी हुदैन ।’ निकुञ्ज भित्र आउने एक जना पर्यटकले तिर्ने पैसाले बाहिरका होटल रिजर्भ हुन्छ । राज्यलाई कर उठ्छ यहाँको गतिविधि वढ्छ विदेशी पर्यटक धेरै आउछन् ।

जंगल सफारी नेपालमा खुल्यो भन्ने सन्देश दिनको लागि भएपनि निकुञ्ज भित्र होटल चलाउन दिनु पर्दछ सुवेदीले भन्नु भयो । उनीहरुलाई नियममा वाधेर सहकारीको मोडलबाट व्यवसाय गर्न दिने हो भने यहाँका मानिसको जीवन स्तर बढ्ने थियो ।

उहाले भन्नु भयो पुरानै व्यवस्थापन र उही शैलीबाट होटल चलाउन दिन हुदैन राज्यलाई कर तिर्नु पर्दछ । राज्यले अहिले देशका विभिन्न स्थानमा रहेका निकुञ्ज तथा संरक्षित बनमा होटल चलाउन दिने तयारी गरेको भन्दै स्वागत गर्नु भयो । तेस्रो गन्तव्यका रुपमा रहेको चितवनमा निकुञ्ज भित्र होटल चलाउन दिएमा यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँको भनाइ छ ।

उचित व्यवस्थापन गरेर चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल चलाउन दिने पक्षमा यहाँका पर्यटन व्यवसायी रहेका छन् । दश वर्ष अगाडि नेपाल सरकारले निकुञ्ज भित्र सञ्चालनमा रहेका सात वटा होटललाई सञ्चालनमा रोक लगाएको थियो । होटल बन्द भएसंगै चितवनको पर्यटन क्षेत्रमा ज्यादै असर पारेको यहाँका पर्यटन क्षेत्रमा काम गरेकाहरुले बताएका छन् । हाम्रा प्राकृतिक सम्पत्तिलाई देखाएर आय आर्जन गर्न सकिन्छ भने निकुञ्ज भित्र होटल सञ्चालन गर्न दिनु पर्नेमा यहाँका पर्यटन व्यवसायीको मत रहेको छ ।

क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीले भन्नु भयो ‘निकुञ्जको जनावर संरक्षण हुने र राज्यलाई कर तिर्ने गरी होटल चलाउन दिनु पर्दछ ।’ जंगल सफारीको लागि भनेर विदेशी पर्यटक चितवन आउने गर्दछन् उहाले भन्नु भयो निकुञ्ज भित्र होटल चलाउद दिदा बाहिरका होटललाई पनि फाइदा हुन्छ । टाइगर टप्स जस्ता चर्चित होटलमा वस्न आउने पर्यटकले एक पटक भएपनि सौराहा आउने गर्दछन् उहाको भनाइ छ ।

राम्रो व्यवस्थापन गरेर संरक्षणलाई असर नपार्ने गरी निकुञ्ज भित्र होटल चलाउन दिनु पर्ने प्रदेश साम्सद कृष्णप्रसाद भुर्तेल बताउनु हुन्छ । मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनु भएका चितवन निर्वाचन क्षेत्र नं. ३ का साम्सद भुर्तेलले भन्नु भयो निकुञ्ज छ भनेर मात्र हुदैन यसलाई देखाएर पैसा कमाउन सक्नु पर्दछ । संरक्षण गर्ने विदेशी पैसा नेपालमा भित्राउने यो मोडलबाट जानु पर्दछ । उहाले भन्नु भयो निकुञ्ज भित्रको टाइटर टप्स हटाउदा जिल्लाको पर्यटन व्यवसायमा कति असर प¥यो त्यस विषयमा सबैले अनुभव गरेको कुरा हो । । सरकारले एउटा मापदण्ड बनाएर निकुञ्ज भित्र होटल चलाउन दिनु पर्दछ ।

निकुञ्ज भित्रबाट होटल चलाउन बन्द भएसंगै बन्द भएको मेघौली विमान स्थलपनि होटल चलेपछि सञ्चालनमा आउने आशामा छन् । टाइगर टप्स बन्द भएपछि जिल्लाको पुरानो विमान स्थल बन्द छ यहाँ पर्यटकीय गतिविधि पनि सुस्ताएको छ ।

शेयर गरौ

ताजा अपडेट